सरकारका विरुद्ध षडयन्त्र भइरहेको छ :प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका विरुद्ध षडयन्त्र भइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई जोगिएर हिड्न समेत निर्दशन दिएका छन् । उनले आफ्नो विरुद्ध पनि कतिपय लागिरहेको बताए ।
वाइडबडी जहाज खरिद प्रकरणको विषयमा उठेका अनेकौं कुराहरुपछि प्रधानमन्त्री सचेत देखिएका हुन् । उनी यो विषयमा गम्भिर रहेका छन् । विशेषगरी संसदीय उपसमितिको प्रतिवेदन सार्वजनिक भएपछि उनी थप गम्भिर भएका हुन् ।
उक्त प्रतिवेदन अझै गम्भिरतापूर्वक अध्ययन गरेर आउनुपर्ने उनको मनसाय छ । सतही अध्ययनबाट प्रतिवेदन आएको प्रधानमन्त्रीको बुझाइ छ ।