सुदूरपश्चिम प्रदेश सरकारद्वारा १६ वटा एम्बुलेन्स दिने तयारी ! - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

सुदूरपश्चिम प्रदेश सरकारद्वारा १६ वटा एम्बुलेन्स दिने तयारी !



डोटी । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बैतडी, दार्चुला, डडेलधुरा, अछाम, बाजुरा र डोटीमा १६ वटा एम्बुलेन्स प्रदान गर्ने तयारी गरेको छ ।

यहाँका १६ वटा निर्वाचन क्षेत्रहरूमा एम्बुलेन्स वितरण गरिने कार्यक्रम तय भएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिनुभयो ।

दिपायल सिलगढी नगरपालिका, डोटीले आयोजना गरेको महिलाहरूको पाठेघरको निःशुल्क अप्रेसन तथा जनरल स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सुवेदीले एम्बुलेन्स प्रदान गर्न लागिएको जानकारी दिनुभयो । यहाँका पहाडी भेगका दुर्गम क्षेत्रका मानिसहरूको स्वास्थ्य सेवामा पहुँच बढाउनका लागि प्रदेश सरकारले सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गर्न लागेको मन्त्री सुवेदीले बताउनुभयो ।

प्रदेश सरकारले प्रति एम्बुलेन्स ३९ लाखका दरले ६ करोड ४० लाख खर्च गरिरहेको र केही समय भित्रै खरिद प्रक्रिया पूरा गरेर निर्वाचन क्षेत्रमा एम्बुलेन्स हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो । त्यस्तै सुदूरपश्चिममा बर्सेनि औषत ३२ हजार महिलाहरू सुत्केरी हुने गरेको र आमा सुरक्षा कार्यक्रममा बजेट अभाव भएकाले केन्द्र सरकारसँग २९ करोड माग गरेको मन्त्री सुवेदीले बताउनुभयो ।