बैंकमा खाता खोल्दा सरकारले १०० रुपैयाँ दिने - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

बैंकमा खाता खोल्दा सरकारले १०० रुपैयाँ दिने



काठमाडौं– सरकारले नयाँ वर्षको अवसर पारेर नयाँ अभियानको घोषणा गरेको छ । सरकारले आइतबारदेखि सबै नेपालीको बैंक खाता खोलाउने राष्ट्रिय अभियान शुरु गरेको हो ।

‘समृद्धिसँग जोडौं नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ सरकारले सबै नेपालीको बैंक खाता खोलाउने राष्ट्रिय अभियान शुरु गरेको हो ।

आइतबार राष्ट्रिय सभागृहमा एक विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खोलौं बैंक खाता’ राष्ट्रिय अभियानको शुभारम्भ गरेका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराअन्तर्गत सरकारले वित्तीय पहुँच, वित्तीय समावेशिता र वित्तीय साक्षरक्षा अविभृद्धि गर्न सबै नेपालीको बैंक खाता खोलाउने अभियान शुरु गरेको हो ।

सरकारले यो अभियानअन्तर्गत बैंक खाता खोल्ने नागरिकको खातामा १०० रुपैयाँ जम्मा गर्न पनि सबै वाणिज्य बैंकहरुलाई निर्देशन जारी गरिसकेको छ ।

जसअनुसार अब वाणिज्य बैंकमा खाता खोल्दा बैंक आफैंले १०० रुपैयाँ जम्मा गरिदिने छ । बैंक खाता खोल्दा कुनै पनि शुल्क लाग्ने छैन ।

हाल मुलुकका ७५३ स्थानीय तहमध्ये ७१३ तहमा संस्थागत वित्तीय पहुँच पुगेको अर्थ मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्मका सबै स्थानीय तहमा वित्तीय पहुँच पुग्ने बताइएको छ ।

सबै स्थानीय तहमा वित्तिय पहुँच पुगेपछि सबै प्रकारका भुक्तानी बैँकबाट हुनेछ । यसले वित्तीय साक्षरता, सामाजिक सुरक्षा, समावेशीता र समृद्धिको आधार तय गर्ने विश्वास गरिएको छ ।