सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न सिफारिस - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न सिफारिस



काठमाडौं- समाजवादी पार्टीकी संसद सरिता गिरीलाई कारबाहीका लागि पार्टीले सिफारिस गरेको छ। पार्टी ह्वीप उलंघन गरेको आरोपमा गिरीलाई कारबाहीका लागि सिफारिस गरिएको हो।

सरिता गिरीबारे छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो।

कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए। यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ।

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्।

कार्यदलको सिफारिसबारे छलफल गर्न समाजवादी पार्टीको पदाधीकारी बैठक मंगलबार दिउँसो बस्ने बताइएको छ ।