सरिता गिरीको राजनीति चैट: साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासित - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

सरिता गिरीको राजनीति चैट: साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासित



काठमाडौं – नेतृ सरिता गिरीलाई समाजवादी पार्टीले निष्कासन गरेको छ । पार्टीले निष्कासन गरेपछि उनको सांसद पद पनि गएको छ ।

मंगलबार बसेको पार्टी पदाधिकारीको बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।

पार्टीका महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको ३ सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा गिरीलाई कारबाही गरिएको हो । उनी सांसद पदबाट पनि पदमुक्त भएकी छिन् ।

पार्टीका सचिव मोहम्मद ईस्तियाक राईले गिरीलाई पदबाट हटाइएको निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय गरिएको बताए ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न ल्याएको संविधान संशोधन विधेयकमा गिरीले दर्ता गराएको संशोधन प्रस्ताव पार्टीकाे निर्देशन विपरित फिर्ता लिन नमानेपछि उनलाई कारबाही गरिएको हो ।

समितिको सिफारिसका आधारमा पार्टीले गिरीलाई कारबाहि गर्ने निर्णय गरेको समाजवादीका सांसद मोहम्मद ईस्तियाक राईले जानकारी दिए ।