लिम्पियाधुरा नेपालको भूभाग हुँदै होइन : सांसद सरिता गिरी - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

लिम्पियाधुरा नेपालको भूभाग हुँदै होइन : सांसद सरिता गिरी



काठमाडौं- जनता समाजवादी पार्टीका सांसद सरिता गिरीले लिम्पियाधुरा नेपालको नक्सामा कहिल्यैपनि नभएको बताएकी छन् । कालापानीमा ६० बर्षदेखि भारतीय सेना बसिरहेको बताउदै नेपाल, भारत र चीनबीचको सीमा निश्चित हुनुपर्ने उनले बताएकी हुन् ।

प्राइम टाईम्स टेलिभिजनसँगको अन्तर्वार्तामा पूर्वमन्त्री समेत रहेकी सांसद गिरीले भारत र नेपालमा त दुवै सरकारले भनेअनुसार ९८ प्रतिशत समस्या समाधान भैसकेको दावी गरिन ।

सुस्ता र कालापानीको अब २ प्रतिशत समस्या बाँकी छ, उनले भनिन,‘ यदि नेपालले नयाँ नक्साको बारेमा कुरा ल्याईरहेको छ भने त्यो पनि प्रमाण र सबुत त नेपालसँग हुनु पर्यो, २०५४ सालमा योगी नरहरीनाथले सर्वोच्च अदालतमा मुद्दा गरेका हुन् ।

उनको देहान्त भईसक्यो । उनको माग के थियो भने सुगौली सन्धिअनुसारको सम्पूर्ण जग्गा नेपालले फिर्ता पाउनुपर्छ । ’लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो नि, यसबारेमा नेपालसँग सबै प्रमाण छ भन्ने जिज्ञासामा उनले कालापानी मात्र किन ? हामी त्यो भन्दा अघि पनि ग्रेटर नेपाल, १८६० को सन्धिपछि लिम्पियाधुरा छैन् ।

लिम्पियाधुराको बारेमा विवाद छ । प्रधानमन्त्रीले स्वयम जवाफ दिएका छन । लिम्पियाधुरा मैले नेपालको नक्सामा कहिल्यैपनि देखेको छैन् । यो विवादको सार के हो भने नेपालको भारतसँग कुनैपनि कन्फ्रन्टेशनको ईस्यु म चाहीँ देखिराखेको छैन् । कन्फ्रन्टेशन कहाँ छ ? भारत र चीनको बीचमा छ । र, नेपालले अहिले जुन लिम्पियाधुरासम्म लगेको छ । तल कालापानीमा भारतको सेना ६० वर्षदेखि बसिराछ ।