यसकारण आउछ शरीरमा सेतो दुवी - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

यसकारण आउछ शरीरमा सेतो दुवी



शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढी भएमा शरीरमा सेतो दाग आउँने गर्छ । कसैमा वंशाणुगत गुणका कारण सेतो दुवी आउने गर्छ भने कसैलाई बढी डर, तनावमा रहने मानिसमा सेतो दुवी आउने आउँछ । सेतो दुवी रोग होइन तर मानिसहरु सेतो दुवीलाई रोग भन्दा ठूलो समस्याको रुपमा लिन्छन् ।

त्यसैले सेतो दुवी आएमा त्यसलाई हटाउन हरप्रयास गर्छन् । सेतो दुवीलाई सही तरिकाले उपचार गरेमा हटाउन पनि सम्भव छ । सेतो दुवीको उपचार सामान्यतया तीन किसिमले गरिन्छ । औषधि सेवन, फोटो थेरापी र सल्याक्रिया

औषधिको प्रयोग

सेतो दुवीको उपचारका लागि खाने र दागमा लगाउने औषधि हुन्छ । सेता दागलाई निको पार्न दाग नभेटिएसम्म औषधि सेवन गर्नुपर्छ । सेतो दागको उपचारका लागि चिकित्सकले अनुमती दिएको औषधि सेवन गरी, औषधि खाएको दुईघण्टापछि घाममा बस्नुपर्ने हुन्छ ।

अनुहार, ढाड, छाती, पेट, कम्मरमा भएको सेतो दाग छिटो निको हुन्छ तर हत्केला र पैतालामा भएको दाग निको हुन समय बढी समय लाग्छ ।

फोटो थेरापी

फोटो थेरापीले छालाको प्रतिरोधात्मक क्षमतालाई नियन्त्रण गरी शरीरको दाग मेटाउन सहयोग पुर्‍याउँछ । सेतो दुवीको उपचार औषधि सेवनबाट नभएमा फोटो थेरापीबाट गर्न सकिन्छ ।

शल्यक्रिया

सेतोदुवी आएको ठाउँमा छाला प्रत्यरोपण गरेर पनि दाग हटाउन सकिन्छ ।