सर्वोच्चले खारेज गरिदियो कांग्रेस विरुद्धको रिट - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

सर्वोच्चले खारेज गरिदियो कांग्रेस विरुद्धको रिट



काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएको हो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै भदौ १८ गते दर्ता गरिएको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गरेको हो ।

कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले १४ औं महाधिवेशन रोक्न माग गर्दै वैद्यले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।