सर्वाेच्चकाे आदेश: संसद विघटन गर्दाका सम्पूर्ण सक्कल फाइल ७ दिनभित्र पेश गर्नु - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

सर्वाेच्चकाे आदेश: संसद विघटन गर्दाका सम्पूर्ण सक्कल फाइल ७ दिनभित्र पेश गर्नु



काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्न ७ जेठमा प्रधानमन्त्रीले गरेको सिफारिस, राष्ट्रपतिबाट भएको निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।

अदालतले यी फाइल ७ दिनभित्र बुझाउन समेत आदेशमा उल्लेख छ ।संसद् विघटनसम्बन्धी यसअगाडि भएको फैसलाको मिसिल र फैसला पनि सर्वोच्चले प्रमाणका लागि मिसिलमा राख्न भनेको छ ।

त्यस्तै, संसद् विघटनसम्बन्धी रिटमा सर्वोच्चले एमिकस क्युरीको सहयोग लिने भएको छ । एमिकस क्युरीमा नेपाल बार एशोसिएनका दुई जना र सर्वोच्च बार एशोसिएसनका दुई जना सदस्य रहने छन् ।

दुवै बारबाट चाँडै एमिकस ताेकेर पठाउन भनिएको छ । एमिकसले १० असारभित्रमा बहसनोट पेस गर्नुपर्ने समयसीमा पनि तोकिएको छ ।

निववेदक र सरकार पक्षका बहसकर्ताले बढीमा १५ घण्टा मात्र बहस गर्न पाउने सीमा तोकिएको छ भने एमिकसले २ घण्टाभित्र आफ्नो राय सुनाउनुपर्ने छ ।