सर्वोच्च बारले पठायो दुई जना एमिकस क्युरी
काठमाडौँ- सर्वोच्च बारले संसद विघटनसम्बन्धी मुद्दामा एमिकस क्युरीका रुपमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसीलाई पठाउने निर्णय गरेको छ।
असार ९ गतेदेखि निरन्तर हुने सुनुवाइमा संवैधानिक इजलासले सर्वोच्च बार र नेपाल बारलाई दुई/दुई जना एमिकस क्युरी पठाउन भनेको छ।
संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले विपक्षी राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई कारण देखाऊ जारी गरेको छ। उनीहरुले असार ८ गतेभित्र लिखित जवाफ सर्वोच्चमा पेश गर्नुपर्नेछ।
उक्त लिखित जवाफपछि असार ९ गतेदेखि संसद विघटनको मुद्दामा निरन्तर संवैधानिक इजलासमा सुनुवाइ हुने सर्वोच्चले जानकारी गराएको छ।