सुनकाण्ड बारे किन बोल्दैनन सर्वेन्द्र खनाल ? - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सुनकाण्ड बारे किन बोल्दैनन सर्वेन्द्र खनाल ?



काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणबारे आफूले केही नबोल्ने बताएका छन् ।खनालले आफू प्रहरी महानिरीक्षक हुनुअघि नै गृह मन्त्रालयले सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न विशेष समिति बनाएकाले त्यसबारे आफूलाई अन्य जानकारी नभएको बताए ।

प्रहरी महानिरीक्षक नियुक्त भएपछि बिहीबार पहिलोपटक प्रहरी प्रधान कार्यालयमा पत्रकारहरूसँग औपचारिक भेटघाट गरेका खनालले सुन तस्करीबारे गृह मन्त्रालयले गठन गरेको विशेष समितिले अनुसन्धान गरिरहेकाले आफूलाई त्यसबारे विस्तृत जानकारी नभएको जवाफ दिएका थिए ।

‘सुन तस्करी र सनम शाक्य हत्या सम्बन्धमा विशेष अनुसन्धान समितिले अनुसन्धान गरिरहेको छ, म महानिरीक्षक हुनुअघि नै समिति गठन भएको हो, विशेष समितिले गरेको कुरामा मैले प्रश्न उठाउन मिल्दैन,’ प्रहरी महानिरीक्षक खनालले पत्रकार भेटघाटमा भने, ‘विशेष समितिले गरेको अनुसन्धानमा मलाई प्रश्न उठाउने कानुनी अधिकार पनि छैन, समितिलाई सकरात्मक सहयोग गर्न तयार छु ।’