सर्बेन्द्रको चेतावनी- संगठन धमिल्याउनेलाई घर पठाउँछु - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

सर्बेन्द्रको चेतावनी- संगठन धमिल्याउनेलाई घर पठाउँछु



काठमाडौं- नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजी) सर्बेन्द्र खनालले संगठनलाई धमिल्याउनेहरु संगठनमा नरहने चेतावनी दिएका छन्। पदभार ग्रहण गरेपछि निर्देशन मन्तब्य दिँदै अाईजी खनालले भने, ‘संगठनमा नैतिकता, इमानदारिता र व्यवसायिकतासँग सौदाबाजी गरिने छैन। बदमासी र तस्करसँग मिल्नेविरुद्ध कडारुपमा प्रस्तुत भइने छ। संगठन धमिल्याउनेहरु संगठनमा रहने छैन।’

उपत्यकामा उपलब्ध प्रहरी निरीक्षकदेखि नायब महानिरीक्षकसम्म उपस्थित कार्यक्रममा आईजी खनालले तस्करी, गुन्डागर्दी तथा संगठित अपराधलगायत आपराधिक गतिविधिविरुद्ध अप्रेसन सन्चालन गर्न निर्देशन दिए। उनले खुट्टा नकमाई इमान्दार भएर अप्रेसन सन्चालन गर्न पनि निर्देशन दिँदै त्यस्ता कामको नेतृत्वले जिम्मेवारी लिने बताए।

संगठन अनिर्णयको बन्दी नहुने उल्लेख गर्दै उनले भनेँ, ‘संगठनमा अहिले नेतृत्व र उच्च दर्जामा मात्र सुविधा केन्द्रित छ। तल्लो दर्जासम्म यसलाई विस्तार गरिने छ। इमान्दार, ब्यावशायिक र निष्ठावान कर्मचारीको कार्य सम्पादनको उच्चतम मूल्याङ्कन गरिने छ।’