सार्वजनिक सवारीमा पाकेटमारको बिगबिगी - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

सार्वजनिक सवारीमा पाकेटमारको बिगबिगी



काठमाडौँ । एउटा यात्रुबसमा दुई युवकले एक्कासि एक महिलाको झोला ताने । ‘चोर ! चोर !! भन्दै चिच्याउँदै झोला फुत्कन नदिन बल गर्दै थिइन् उनी । लुटरा र महिलाबीच झोला तानातान चल्दै थियो । संयोगले बसमा सादा पोसाकमा प्रहरी रहेछन् ।

उनीहरुले खलासीलाई तत्काल ढोका बन्द गर्न लगाए । सादा पोसाकका प्र्रहरी र लुटेराहरुबीच केहीबेर घम्साघम्सी चल्यो । लुटेरा भाग्न खोज्थे, प्रहरी रोक्न । पीडित महिलाले तत्काल प्रहरीमा खबर गरी थप सहयोग मागिन् । एकैछिनमा थप प्रहरी आए र ती लुटेरालाई नियन्त्रणमा लिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।