वीरगंजका मेयरले राजिनामा दिनुको रहस्य यस्तो छ - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

वीरगंजका मेयरले राजिनामा दिनुको रहस्य यस्तो छ



वीरगंज: प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्जका मेयर विजय सरावगी पार्टी बदल्ने सोचमा छन्।

त्यसै कारण उनले  संघीय समाजवादी फोरम नेपाल पार्टीका केन्द्रीय अध्यक्ष, उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा बुझाएका छन्। अध्यक्ष यादव बाहिर रहेकोले सामाजिक सञ्जाल ह्वाट्स एपबाट राजीनामा लेखेर पठाएको उनले बताए।

पार्टीका नेताहरूबाट अनावश्यक दबाब आएपछि पार्टी छोडेन सोच बनाएका मेयर सरावगी दुई दिन अघि उपेन्द्र यादवलाई राजिनामा दिएका हुन्।

महानगरमा करारमा कर्मचारी(ईन्जिनियरनन) नियुक्त गर्दा दबाब आएकोले तनावमा आउँदै चुनाव जितेको ११ महिना पछि राजीनामा दिएका हुन्। सरावागीले चुनावको बेला जनतासँग गरेको वाचा पूरा गर्न पार्टी परित्याग गरी वीरगन्ज महानगरलाई समृद्ध र विकसित नगर बनाउने दाबी गरे।

शीर्ष नेताहरू बसेर छलफलका लागि समय तोकिएको छ। मेयर सरावगी निकट एक नेताले भने, ‘मेयर साहेबले राजीनामा दिएको कुरा सत्य हो,भोलिको बैठकले निष्कर्ष निकाल्छ,उनको राजीनामा स्वीकृत हुन्छ कि हुँदैन भने कुरा।’

फोरम नेपालका पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कूर्मीका अनुसार जिल्ला वा केन्द्रमा उनले लिखित राजीनामा नदिएको बताएका छन्। ‘पार्टीले उनीसँग ५ वटा विषयमा जवाफ मागेपछि राजीनामाको हल्ला फिजाएका छन्,’ उनले भने, ‘पार्टीको नगर ईकाई कमिटीले पाँच वटा विषयमा सो धनी गर्ने निर्णयपछि नगर अध्यक्ष ईश्वर यादवले सोमवार पत्र दिन जाँदा राजीनामा दिएको भन्दै पत्र बुझ्न अस्वीकार गरेका थिए।’ राजीनामामा उनले ‘काम गर्न नदिएको,पार्टीका नेताको दबाबले म किन तनाव बोक्ने?’ क्वीट गर्न चाहन्छु भन्ने शब्द उल्लेख गरिएको छ।

अर्को तथ्य अनुसार पार्टीको दबाब चिर्नलाई उनले राजीनामाको प्रचार गरी पार्टी नेतृत्वसँग बार्गेनिग गर्न खोजेको अंशका छ। महानगरको विशेष नगर सभाको बेला पनि काम गर्न नदिए राजीनामा मा अभिव्यक्ति दिएका थिए।