सरसफाईमा युवा तथा बालबालिकाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
पदम ओझा /बौनिया,कैैैलाली।
सरसफाईमा युवा तथा बालबालिकाको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम शनिवार बौनियामा सम्पन्न भएको छ । जुनकीरी नेपाल बर्दगोरिया गाउँपलिकाको आयोजना र बर्दगोरिया गाउँपलिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम भएको हो ।
जुनकीरी नेपाल बर्दगोरिया गाउपलिका अध्यक्ष सुनिल भण्डारिाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपलिका अध्यक्ष बलिराम चौधरी रहनु भएको थियो ।
जुनकीरी नेपालका सदस्य मिलन ओलिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउपलिका वडा नंं १ का अध्यक्ष जयरुप खतिवडा ,वडा नंं २ का अध्यक्ष भेखु चौधरी,३ का अध्यक्ष कर्ने सुनार,५ का अध्यक्ष श्याम कुमारी चौधरि ,वसन्त मुरारी माबिका प्र अ भुमी प्रकाश बम,नेपाल जेशिज एरिया घ कोषवृद्धि संयोजक कृष्ण बिष्ट लगाएतकाले सरसफाईमा युवा तथा बालबलिकाले मात्र नभई हामि सबैले ब्यवहारमा लागू गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
प्रमुख अतिथीको आसन बाट बोल्दै गाउँपालिकापालिका अध्यक्ष चौधरिले जुनकीरीले गर्दै आएका हरेक क्रियाकलाप सरानिय र सार्है राम्रो काम भएको बताउनु भयो । चौधरीले पहिला त हामी सबैले सकारात्मक सोच राख्दै सरसफाईमा ध्यान दिए युवा र बालबालिकामा परिवर्तन आउने बताउनु भयो । उहाले घर आगन ,हात मुख सफा गर्दैमा मन सफा नभए सम्म सरसफाइ नहुने बताउनु भयो । त्यसैले सबैले मन सफा र सकारात्मक सोच बनाएमा सरसफाई हुने बताउनु भयो । साथै चौधरिले आफू प्रत्यक्ष रुपमा हरेक क्रियाकलापमा सहभागि हुँदै आएको हुनाले यस संस्थाले सकारात्मक सोचलाई अगाडी बढाउने कार्य गर्दा यश क्षेत्र का युवाहरूमा परिबर्तन आउने बताउनु भयो ।
जुनकीरी नेपालले यो भन्दा पहिले लागू औषध ,कुरिती,दुर्ब्यसनीमा फसेका युवा,बालबालिकालाई जनचेतना मुलक नाटक ,अभिमुखिकरण कार्यक्रम सन्चालन गर्दै आएको छ । साथै जुनकिरी नेपालले बौनिया,मुडा बजारमा केही दिन अगाडि सरसफाई सम्बन्धि होडिङ बोर्ड लगाएको छ ।
जुनकीरी नेपालका महासचिव पुस्कर सुनारले सन्चालन गर्नु भएको कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो ।