सरकारी गाडीमा एमालेको झण्डा राखेपछि धनगढीमा तनाव - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

सरकारी गाडीमा एमालेको झण्डा राखेपछि धनगढीमा तनाव



सरकारी गाडीमा नेकपा एमालेको झण्डा राखेपछि सुदूरपश्चिममा तनाव उत्पन्न भएको छ ।

सांसद नेपालु चौधरीले चढ्ने गरेको सरकारी गाडीमा एमालेको झण्डा राखेर दुरुपयोग गरेपछि प्रहरीले उक्त गाडी नियन्त्रणमा लिएको छ।

निर्वाचन आचारसंहिताविपरीत सांसद चौधरीले प्रयोग गरिरहेको सरकारी गाडी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।

प्रदेश सांसद चौधरी सवार से १ झ ३०७ नम्बरको गाडी धनगढी उपमहानगरपालिका १९ जे गाउँबाट शनिबार राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलाली डीएसपी वेदप्रकाश चौधरीले जानकारी दिए।

उनका अनुसार सो गाडी अहिले बहुलिया प्रहरी चौकीमा राखिएको छ।

सांसद चौधरी चढ्ने सरकारी गाडीमा नेकपा एमालेको झण्डा टाँगिएको फेला परेपछि नेपाली कांग्रेस सम्बद्ध युवाले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन्।