सरकारी अस्पतालले राम्रो सेवा दिन सक्छन् भन्ने विश्वास भयो: स्वास्थ्यमन्त्री - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

सरकारी अस्पतालले राम्रो सेवा दिन सक्छन् भन्ने विश्वास भयो: स्वास्थ्यमन्त्री



भदौ १९, काठमाडौं ।

एक साता लामो उपचारपछी स्वास्थ्यमन्त्री घर फर्केका छन् । वीर अस्पतालबाट डिस्चार्ज भएपछी सरकारी अस्पतालले पनि राम्रो सेवा दिन्छन भन्ने बिस्वास लिएर फर्केको उनले बताए ।

मौसमी रुघाखोकीको उपचारपछि वीर अस्पतालबाट डिस्चार्ज हुने क्रममा स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले देशभित्रकै अस्पताललाई सवल बनाउन जोड दिएका छन् ।

एक सातादेखि वीर अस्पतालको भीआई कक्षमा उपचार गरी हिजो डिस्चार्ज हुने क्रममा स्वास्थ्य मन्त्री पोखरेलले वीर अस्पताल प्रति आफ्नो विश्वास रहेकै कारण आफूले मन्त्री नहुँदा पनि सोही अस्पतालबाट सेवा लिनेे गरेको जानकारी दिए ।

मन्त्री पोखरेलले भने, ‘वीर लगायत सरकारी अस्पतालले सेवा दिन सक्छन् भन्ने विश्वास भएरै म यहाँ आएको छु र त्यही विश्वास सिलएरै र्फकदैछु ।’

उनले वीर अस्पतालका साथै देशमा राष्ट्रिय स्तरको अस्पताल चलाउन हामीसँग सुयोग्य प्रतिभा रहेको समेत जानकारी दिए ।

‘देश भएपछि देश भित्रका संस्थाहरुलाई सबल बनाउनु पर्छ । त्यो आफू सामेल भएरै सबल हुन्छ भन्ने मेरो विश्वास हो ।’

यहाँ उपचार सम्भव नभएमात्र विभिन्न बोर्डहरुले विदेशको लागि सिफारिस गर्ने जिकिर गर्दै त्यस भन्दा अघि देश भित्रका प्रणालीलाई नै सबल बनाउनु पर्नेमा उनले जोड दिए ।