सरकारलाई भारी परे डा. गोविन्द केसी ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सरकारलाई भारी परे डा. गोविन्द केसी !



 

साउन ३१, काठमाडौँ
चिकित्सा क्षेत्रमा सुधारको माग राखेर २३ दिनदेखि डा गोविन्द केसी ११औँ अनसन बसिरहेका छन् । ११औँ पटक सम्म अनसनमा रहेका केसीको यो सबै भन्दा लामो अनसन हो ।

नेकपा एमाले, मनमोहन मेडिकल कलेज र केही सभासदहरुको अकर्मन्यताले सरकारले उनको माग सम्बोधन गर्न सकेको छैन । माथेमा आयोग अनुसार चिकित्सा शिक्षा विधेयक पारित गरिनुपर्ने उनको माग छ । जस अनुसार सरकारले केही दिन अघि मनमोहन मेडिकल सरकारले नै किन्ने पहल पनि गरेको थियो । युवा नेता गगन थापा र केही सभासदहरु उनको अनसन तोडाउन सरकार र डा के सी सँग नियमित छलफलमा छन् ।

कयौँ पल्ट सरकारी वार्ता टोली र डा केसीका समर्थक बिच वार्ता पनि भयो तर सरकारी वार्ता टोलीले ठोस निर्णयमा पुग्न नसकेको र औपचारिकताका लागि वार्तामा बस्ने गरेकोले वार्ता सफल हुन सकेन । प्रधानमन्त्री सेरबहादुर देउवाले मनमोहन मेडिकलका सञ्चालक तथा एमाले नेता राजेन्द्र पाण्डेलाई बोलाएर मनमोहन मेडिकल कलेज सरकारलाई बेच्न प्रस्ताव पनि गरे तर पाण्डेले यो प्रस्तावलाई ठाडै अस्वीकार गरे ।

एघारौँ पटकको अनासनसम्म विभिन्न सरकारले उनीसँग सम्झौता मात्र गर्ने तर सम्झौता कार्यन्वयन नगरेकोले यो पटक केसी अन्तिम लडाई लड्ने बताएका छन् ।

यसैबिच सरकारले आजै डा केसीको अनसन तोडाउने तयारी गरेको छ । आज ५ बजे संसद् बैठक बोलाएर उनको माग सम्बोधन गर्ने तयारी चलिरहेको बताइएको छ । जसका लागि सरकारले तीन विकल्पमा पहल गर्ने छ ।

के छन् विकल्प ?

पहिलो विकल्पः यदि डा. केसीको जीवन खतरामा छैन भने मनमोहनका सरोकार पक्षसँग छलफल गरेर सहमति जुटाउने र १० वर्षसम्म काठमाडौँमा मेडिकल कलेज नखोल्न गरी टुंग्याउने ।

दोस्रो विकल्पः बालुवाटारमा भएको सहमति अनुसार अघि बढ्ने ।

सहमति अनुसार संसदीय समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकलाई अघि बढाउने र डा. केसीका अन्य माग सम्बोधन गर्न सरकार तयार हुने हो । यसका लागि सरकार तयार छ ।

तेस्रो विकल्पः तराई मधेसमा भएको बाढी तथा डुवानले सङ्कटलाई मध्यनजर गर्दै डा. केसीले सहमतिसहित अनसन तोड्ने ।