सरकारको बेवास्ताका कारण कामकाजविहीन नगर विकास - Himal Post Himal Post
  • २२ पुष २०८१, सोमबार
  •      Mon Jan 6 2025
Logo

सरकारको बेवास्ताका कारण कामकाजविहीन नगर विकास



कञ्चनपुर । सरकारकै ढिलासुस्ती र बेवास्ताका कारण कञ्चनपुरको महेन्द्रनगर नगरविकास समिति विगत अढाइ वर्षदेखि कामकाज विहीन बनेको छ ।

समितिसँग रहेको जग्गा लिज, बिक्री वितरणलगायतका विषयमा अनियमितता भएको भन्दै २०७२ साल भदौ १४ गतेको मन्त्रिपरिषद्को निर्णयले महेन्द्रनगर नगरविकास समितिको कामकाज छानबिनका लागि भन्दै रोकेको थियो ।

नगरविकास समितिको कामकाज रोकेर उच्चस्तरीय छानबिन समिति गठन गरी छानबिनसमेत गरिएको भए पनि समितिको प्रतिवेदनका आधारमा शहरी विकास मन्त्रालयले कुनै निर्णय लिएको छै्रन ।

प्रशासनिक कामबाहेक जग्गा लिज, आर्थिक प्रभाव कारोबार दरगामी प्रभाव पार्ने काम रोक्ने भनेर मन्त्रिपरिषद्बाटै निर्णय भएको थियो तर अढाइ वर्ष सम्म पनि छानबिनको प्रतिवेदन नआयको महेन्द्रनगर नगरविकास समितिका सूचना अधिकृत पुष्पराज भट्टले बताउनुभयो ।

नगर विकास समितिले गर्ने सडक ग्राभेल, कल्भट, ढल निकासलगायतका विकासका काम ठप्प भएका छन । दोस्रो पटक नगरविकास समितिको अध्यक्ष रहनुभएका सुरेन्द्र विष्ट कामकाज सुचारु गर्ने विषयमा पटक–पटक मन्त्रालय धाइरहेका छन् तर काम सुचारु हुने सम्भावना देखिएको छैन ।

गत वर्ष फागुनमा दोस्रो पटक महेन्द्रनगर नगरविकास समितिको अध्यक्ष नियुक्त भएका सुरेन्द्र विष्ट भने नगरविकास समितिको कामकाज सुचारुबारे सर्वोच्चबाट निर्णय भइसक्दा पनि कर्मचारीको असहयोगका कारण शुरु नभएको बताउनभयो । (फाइल तस्बिर /  महेन्द्रनगर बजार)