हेलमेट नलगाएका कारण सैफ अली खानकी छोरीलाई यस्तो आपत - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

हेलमेट नलगाएका कारण सैफ अली खानकी छोरीलाई यस्तो आपत



मुम्बई । सैफ अली खानकी छोरी सारा अली खान पछिल्लो समय बलिउडमा निकै चर्चामा छन् । सारा अभिनित फिल्म ‘सिम्बा’ र ‘केदारनाथ’ले बक्स अफिसमा राम्रो ब्यापार गरेपछि बलिउडमा उनको डिमाण्ड ह्वात्तै बढेको छ । अहिले उनी ‘लभ आज कल’को सुटिङमा ब्यस्त छन् ।

केही अघि मात्रै अभिनेत्री साराको एउटा भिडियो भाइरल बनेको थियो । उक्त भिडियोमा उनी अभिनेता कार्तिक आर्यनसँग बाइकमा बसेकी थिइन् । बाइकको पछि बस्दा उनले हेल्मेट लगाएकी थिइनन् ।

दिल्ली सडकमा बाइकको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम छ । यसै कारण साराविरुद्ध प्रहरीमा जाहेरी परेको खबर छ । दिल्ली प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको बताएको छ । अभिनेत्री साराले भने कुनै प्रतिक्रिया दिएकी छैनन् ।