सभामुख अग्नि सापकोटा शल्यक्रिया - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

सभामुख अग्नि सापकोटा शल्यक्रिया



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको शल्यक्रिया भएको छ । उनको मोतियाबिन्दुको शल्यक्रिया आज भएको हो ।

सापकोटाको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो ।

वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलिले बिहान १०ः३० बजे शल्यक्रिया गरेको हो । केही समययता उनको आँखामा समस्या देखिएको थियो ।

चिकित्सकहरुको सल्लाहमा आज शल्यक्रिया गरिएको हो ।