एमसीसीबारे सभामुख सापकोटाले मुख खोले - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

एमसीसीबारे सभामुख सापकोटाले मुख खोले



काठमाडौं- बाहिर ब्यापक चर्चा भैरहेका बेला सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीको बारेमा मुख खोलेका छन् । सभामुख सापकोटाले एमसीसीको बारेमा आफूले निष्पक्ष ढंगले सोचिरहेको बताएका छन्।

बुधबार सिंहदरबारमा भेटघाटमा पत्रकारहरुसँगको भेटघाटमा उनले एमसीसीको विषयमा राष्ट्रिय सहमति होस् भन्ने आफूले चाहेको बताएका हुन्। ‘एमसीसीको विषयमा राष्ट्रिय सहमति होस्। जनमानसमा पुगिसकेको विषय छ। यो विषयमा दलहरुबीच छलफल होस्, एउटा टुंगोमा पुगोस्’, उनले भने।

एमसीसी सामान्य विषय नभएको भन्दै सभामुख सापकोटाले दलहरुबीच सहमति नभई अघि बढ्दा भोलिका दिनमा कार्यान्वयन हुन गाह्रो पर्ने बताए।

मंगलबार मात्रै प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै निवर्तनमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी के हुन्छ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न उठाएका थिए।

प्रधानमन्त्री छँदा एमसीसीलाई संसद्‌बाट पारित गर्न जोड गरेका ओलीले आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठकमा भने संशोधन सहित पास हुनुपर्ने आशयको अभिव्यक्ति दिएका छन्।