पेचिलो बन्दै सभामुख: सापकोटा कि नेम्वाङ ? - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

पेचिलो बन्दै सभामुख: सापकोटा कि नेम्वाङ ?



काठमाडौं- अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल अगाडि बढाएसँगै नेकपामा प्रतिनिधिसभाको सभामुख उम्मेदवार चयन प्रक्रिया निष्कर्षनजिक पुगेको छ।

नयाँ सभामुखका लागि निर्वाचिन प्रक्रिया शुक्रबार प्रतिनिधिसभाको बैठक बोलाएकाले ओली र प्रचण्डले पनि सभामुखको उपयुक्त उम्मेदवारका लागि छलफललार्य निष्कर्षउन्मुख बनाएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफलमा ओली र प्रचण्डले पूर्वसभामुख सुवास नेम्वाङ वा स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने तय गरेको छन्। चुनावी प्रक्रिया सुरु हुनुअघि उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न सुझाउने तयारीमा छ।

उपसभामुखले आज राजीनामा दिँदै

सभामुखको निर्वाचन प्रक्रिया शुक्रबार सुरु हुँदै छ। त्यसका लागि बाटो खुलाउन उपसभामुख तुम्बाहाङ्फेल बिहीबार (आज) राजीनामा दिने निष्कर्षमा पुगेकी छन्। यो खबर आजको नयाँ पत्रिकामा शुरोजंग पाण्डेले लेखेका छन्।

उपसभमुखबाट राजीनामा गर्नुअघि अध्यक्षद्वय ओली र प्रचण्डबाट सभामुखका लागि तयार रहन सन्देश आउने पर्खाइमा थिइन्, उनी। तर त्यस्तो कुनै संकेत नआएपछि राजीनामा दिने निष्कर्षमा पुगेकी हुन्।