बीबीसी मास्टर सेफको टप ४ मा पुगे सन्तोष
काठमाडौं । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० यूकेको शीर्ष ४ मा पुग्न सफल भएका छन् ।
‘बीबीसी वान’ मा मंगलबार राति प्रसारित फाइनल राउन्डको पहिलो चरणबाट उनी टप ४ मा पुगेका हुन् ।
हरेक चरणमा नेपाली खाना चखाएर निर्णायकको मन जित्दै अगाडि बढेका सन्तोषले यसपटक पनि त्यो क्रम दोहोर्याए ।
‘इन्भेन्सन् राउन्ड’ मा सन्तोषले डिजर्टको रुपमा कोदोको खिर चखाए । उनले कोदोको खीरसँगै आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमौरा’ पनि पस्किए ।
निर्णायकको आग्रहमा खरायोको ‘फ्रेन्च क्लासिक डिस’ लाई उनले नेपाली भुटन स्टाइलमा तयार पारेर पस्किँदा निर्णायकहरु दंग देखिन्थे ।
प्रतियोगितामा सहभागी भएर नेपाली खाना पस्कने ५ वर्ष अघिदेखिको आफ्नो सपना साकार भएकामा उनी गद्गद् छन् ।
‘प्रतियोगिता जितौंला हारौंला अलग कुरा हो । तर, लाखौं नेपाली र विदेशीको मन जितिसकेको छु,’ उनले भने । भविष्यमा पनि नेपाली खाना प्रवद्र्धनमा निरन्तर लागिरहने उनको प्रण छ ।