सङ्क्रमित युवतीसंग आएका अर्का युवा अस्पताल भर्ना - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

सङ्क्रमित युवतीसंग आएका अर्का युवा अस्पताल भर्ना



काठमाडौं- कोरोना संक्रमित युवतीसँगै आएका एक जना बागलुङ पुगेका छन्। कतार एयरवेजमा आएको थाहा भएपछि उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीलाई कोरोनाको संक्रमण देखिएपछि उनीसँगै आएका ढोरपाटन ५ का ती युवालाई नगरपालिकाले नै अस्पताल पुर्‍याएको हो।

उनको स्वास्थ्य सामान्य भए पनि नमूना परीक्षणका लागि स्वाव लिन लागिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु भण्डारीले जानकारी दिए।

यस्तै, बागलुङकै धवलागिरी अस्पतालमा पनि भारतको पटनाबाट आएका एक नेपालीको नमूना लिइएको छ। स्वास्थ्यमा केही समस्या देखिएपछि उनी उपचारका लागि अस्पताल पुगेका थिए।

ती व्यक्तिको पनि नमूना संकलन गरेर पोखरा ल्याउन लागिएको छ।