संक्रमित धनगढीका युवा: काठमाडौंमा बास, बुद्धको जहाजमा नेपालगञ्ज, बस चढेर धनगढी - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

संक्रमित धनगढीका युवा: काठमाडौंमा बास, बुद्धको जहाजमा नेपालगञ्ज, बस चढेर धनगढी



काठमाडौं- उपत्यकाबाहिर पनि कोरोना संक्रमित फेला परेका छन्।

धनगढीका ३४ वर्षीय पुरुषमा शुक्रबार कोरोना पुष्टी भएको हो। यससँगै नेपालमा संक्रमितको संख्या चार पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार संक्रमण देखिएका धनगढीका पुरुष दुबईबाट फर्किएका हुन्।

६ चैतमा दुबईबाट दिल्ली आएका उनी ७ चैतमा काठमाडौँ आइपुगेका थिए।

आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार अनुसार त्यस रात उनी काठमाडौँस्थित मामाको घरमा बसे।

धनगढीको टिकट नपाएपछि उनी ८ चैतमा बुद्ध एयरको जहाजबाट नेपालगञ्ज र त्यहाँबाट बसमा धनगढी पुगेका थिए।

स्वास्थ्यमा समस्या देखिएपछि उनी ११ चैतमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए।