संकटमा सुवास नेम्वाङ: बालुवाटार पनि धाउन छाडे - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

संकटमा सुवास नेम्वाङ: बालुवाटार पनि धाउन छाडे



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका अन्यन्तै नजिक मानिने पूर्वसभामुख सुवास चन्द्र नेम्वाङ आजकल कतै हिड्न डराउँछन् । खासगरी सार्वजनिक कार्यक्रम, संविधानबारे चर्चा हुने भर्चुवल कार्यक्रममा समेत उनी जान खोज्दैनन् ।

त्यतिमात्र होइन ओली समुहमा मिडियासँग बढी खुल्ने नेम्वाङ अहिले पत्रकारहरूसँग पनि खुल्दैनन् । ओलीले दोस्रोपटक संसद विघटन गरेपछि उनी बालुवाटारमा पनि कम देखिन थालेको स्रोतले बताउँछ । यसअघि ओलीले संसद विघटन गर्दा पनि लामो समयसम्म नखुलेका नेम्वाङले संसद पुनर्स्थापना भएपछि आफूले पहिले नै ओलीलाई संसद विघटनको कदमबाट पछि हट्न लागेको तर ओलीले नमानेको बताएका थिए ।

स्रोतका अनुसार अहिलेको संसद विघटबाट पनि नेम्वाङ सन्तुष्ट छैनन् । संविधान सभाको अध्यक्ष भएकाले पनि संसद र संविधानको बिषयमा उनीप्रति मिडिया र आम सर्वसाधारणले जिज्ञासा राख्नु स्वाभाविक हुन्छ । तर उनको अस्वाभाविक मौनताले फेरि पनि संशय थपिएको छ ।

मंगलबार पनि पूर्वसभामुखहरूको छलफलमा उनी सहभई भएनन् । सभामुख अग्नी प्रसाद सापकोटाले बोलाएको बैठकमा जान उनले ठाडै अस्वीकार गरेका थिए । सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनका विषयमा छलफल गर्न पूर्वसभामुखहरुलाई बोलाएका थिए । तर उनी ओलीकै नजिकका पात्र भएकाले र प्रधानमन्त्री ओलीको कदममा असन्तुष्ट रहेकाले जान नसकेको एमालेकै एक नेता बताउँछन् ।

ति नेताका अनुसार नेम्वाङ अहिले धर्मसंकटमा छन् । उनलाई ओलीको पछिल्लो कदम मन परेको छैन तर ओलीविरुद्ध उनी कहिलै पनि बोल्न सक्दैनन् । उनले भने, ‘उहाँ अहिले धर्मसंकटमा पर्नुभएको छ । एकातिर आफै अध्यक्ष बनेर बनाएको संविधान मिचिएको छ, अर्कातिर ओलीको विरुद्धमा लाग्नेहो भने माधव नेपालको हालत हुन्छ । त्यसैले उहाँलाई अहिले “खाउँ भने दिनभरीको शिकार, नखाउँ भने कान्छा बाबुको अनुहार” जस्तै भएको छ ।’

मंगलबार दिउँसो १ बजेका लागि सभामुख सापकोटाले बोलाइएको सामुहिक बैठकमा आफू जान नसक्ने बताएका थिए । उनले सभामुख सापकोटालाई छुट्टै एक्लै भेट्ने भन्दै बैठकमा जान अस्विकार गरेका थिए । नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले सभामुखलाई छुट्टै भेट्ने भन्दै सामूहिक छलफलमा सहभागी नहुने बताएका थिए ।