प्रहरीद्वारा खानतलासी सुरु, यात्रुलाई सास्ती : के संकटकाल लागेको हो ? - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

प्रहरीद्वारा खानतलासी सुरु, यात्रुलाई सास्ती : के संकटकाल लागेको हो ?



अहिले संकटकालको झझल्को दिने गरी सुरक्षा सक्रियता बढिरहेको छ।

काठमाडौंले यो समस्या देखेको छैन, तर ठूला राजमार्गमा यस्तो भइरहेको छ।

चितवनदेखि झापासम्म महेन्द्र राजमार्गमा लाइन लगाएर जिउ छामछुम पार्ने क्रम सुरु भएको छ। बहाना हो, विप्लव समूहमाथिका निगरानी। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

भोली सरकारले कडा आदेश देला र सुरक्षा फौज परिचालन गर्ला भन्ने कुराको झल्को दिँदै प्रहरी सक्रिय भएको बुझ्न सकिन्छ। यसले जनतामा सहज जीवनयापनको आभाष मिल्न छाडेको छ।

प्रहरीले बाटोघाटोमा व्यारिकेड खडा गरी हतियार खोज्ने भन्दै लाइसेन्स र ब्लुबुक हेर्ने क्रम वढेको छ। फलतः यात्रुहरु गन्तव्यमा अनुमानित समयभन्दा दुईतीत घन्टा ढिलो पुग्न थालेका छन्।

गाडी रोकेर बर्दिधारी प्रहरी छिर्ने, महिला प्रहरीले महिला र पुरुष प्रहरीले पुरुषको व्याग खोतल्ने, गाडी पनि एक किलोमिटर वरै रोकेर यात्रुलाई लाइन लगाउने। यसैलाई देखाएर विरोधीले अधिनायकवाद सुरु भयो भन्ने अवस्था आइसकेको छ।

कोशी व्यारेज नेर पूर्वको भन्टावारी, लहानसहित विभिन्न नाकामा यस्तो हुने गरेको छ।