सञ्जूका दुई रेकर्ड - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

सञ्जूका दुई रेकर्ड



शुक्रबार रिलिज भएको फिल्म सञ्जूले बक्स अफिसमा धमाका मचाइरहेको छ । फिल्मले नयाँ रेकर्ड बनाइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । फ्यान र बलिउडका हस्तीहरुले फिल्मको प्रशंसा गरिरहेका छन् । जसको बारेमा फिल्म बनेको हो उनको प्रतिक्रिया जान्ने इच्छा सबैमा हुन्छ ।

एक अन्तर्वार्तामा निर्देशक राजकुमार हिरानीले फिल्मबारे सञ्जय दत्तको प्रतिक्रिया बताएका छन् । उनले भने,‘सञ्जय दत्तलाई यो फिल्म निकै मन पर्यो । जब हामीले फिल्म सञ्जयलाई देखायौं तेतिवेला सञ्जयको अनुहार हेर्न लायक थियो । फिल्म सकिएपछि सञ्जय लगातार रोइरहेका थिए । जब सञ्जयले रणवीरलाई देखे तब उनले रुँदै अंगालो हाले’ उसो त सञ्जय दत्त मात्र एक्ला व्यक्ति होइनन् जो फिल्म हेरेर रोएका छन् । फि

ल्म सञ्जूमा यस्ता धेरै क्षण छन् जसलाई हेरेर धेरै दर्शक रोएका छन् । सञ्जू फिल्म यो सालको सबैभन्दा धेरै सुरुवाती कमाइ गर्ने फिल्म बनेको छ । फिल्मले पहिलो दिन ३४.७५ करोड रुपैयाँको कमाइ गरेको छ । दोस्रो दिन पनि फिल्मको कमाइले रेकर्ड कायम गरेको छ । यो फिल्मले ३८.६० करोड रुपैयाँ कमाई गरेर ७३.३५ करोडको कलेक्शन गरेको छ । कमाइँको आकडा अनुसार फिल्म पहिलो विकेन्डमा १०० करोडको क्लबमा सहभागी हुनेछ ।