"सञ्जु" को कमाल, सोचे भन्दा धेरै रिलिज अगि नै कमायो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

“सञ्जु” को कमाल, सोचे भन्दा धेरै रिलिज अगि नै कमायो



एजेन्सी । रणवीर कपूरद्वारा अभिनय गरिएको चलचित्र “सञ्जू” को एड्भान्स बुकिङ सोमबार देखि शुरु भइसकेको छ ।

एडभान्स बुकिङ सुरु भएको तीन दिनमै चलचित्रको राम्रो बुकिङ भएको जानकारी छ । प्राप्त जानकारी अनुसार चलचित्रले बम्पर ओपनिङ गर्नेछ । मल्टीप्लेक्सको साथसाथ चलचित्रले सिंगल स्क्रीनमा पनि धमाका गर्ने विश्वास गरिएको छ ।

राजकुमार हिरानीको निर्देशनमा बनेको यस चलचित्र जुन २९ मा रिलीज हुदैंछ । दिल्ली र मुम्बईमा चलचित्रको एड्भान्स बुकिङको क्रेज धेरै राम्रो देखिएको छ । बाँकी शहरमा पनि एड्भान्स बुकिङ राम्रो हुनेछ भन्ने अपेक्षा गरिएको छ । एड्भान्स बुकिङ रिपोटको अनुसार ”सञ्जू” यस वर्षको सबभन्दा राम्रो ओपनर साबित हुनेछ ।