विमानस्थलमै सञ्जय दत्त घेराबन्दीमा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विमानस्थलमै सञ्जय दत्त घेराबन्दीमा



फिल्म सञ्जूले बक्स अफिसमा धमाका मच्चाइ रहेका बेला सञ्जय दत्त एकाएक चर्चामा आएका छन् ।

गुमेको स्टारडक फिल्म सञ्जुपछि एकाएक फिर्ता भएको छ । यसको प्रमाण केही दिन अघि देखिएको छ ।

एयरपोर्टमा साथिसहित देखिएका सञ्जय दत्त एकाएक फ्यानले घेरिए । विमानस्थलमा देखिएका सञ्जयलाई हेर्ने र उनको तस्वीर खिच्नेको विमानस्थलमा भीड लागेको थियो । आफूसँग एउटा तस्वीर खिच्न आग्रह गर्ने फ्यानहरुका कारण उनी घेरमा परेका थिए ।

सञ्जयले आफ्ना फ्यानहरुलाई रोकेनन् र धेरैसँग उनले सामूहिक तस्वीर खिचाए ।

राजकुमार हिरानीले बनाएको बायोपिक फिल्म सञ्जूले निकै चर्चा र दाम कमाएको छ । फिल्मले रेकर्ड तोड्दै कमाइ गरेको छ । सलमानको पछिल्लो फिल्म रेस ३ को पछार्दै सञ्जूले दोस्रो हप्तामा नै २०० करोड भन्दा धरै कमाएको हो ।