स्वास्थ्यमा गम्भीर समस्या: सञ्जय दत्त अस्पताल भर्ना - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

स्वास्थ्यमा गम्भीर समस्या: सञ्जय दत्त अस्पताल भर्ना



एजेन्सी । भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । अभिनेता दत्त मुम्बइएको लिलावती अस्पतालमा शनिबार भर्ना भएका हुन् ।

६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै अस्पताल भर्ना गरिएको हो । अस्पताल भर्ना गरिएलगत्तै उनको कोभिड १९ परीक्षण गरिएको छ । कोभिड १९ को नतिजा नेगेटिभ आएको छ ।

उनको स्वाव पीसीआर टेस्टका लागि पनि राखिएको छ । उनलाई आइसीयुको गैर कोभिड वार्ड राखिएको छ । अभिनेता दत्तको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । यद्यपि, दत्तको उपचार गरिरहेका चिकित्सक जलिल पारकर भने केही महिनाअघि कोरोना संक्रमित भएका थिए ।

उनी गत महिनामात्र कोरोनाबाट मुक्त भएका हुन् । उनले अभिनेता दत्तको अक्सिजन स्तर किन एक्कासि खस्कियो भन्ने कुराको परीक्षण भैरहेको बताए ।