खाँणले भने वर्तमान सरकारकै कारण संघीयता धरापमा परेको छ - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

खाँणले भने वर्तमान सरकारकै कारण संघीयता धरापमा परेको छ



बुटवल –नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश नम्वर ५ को स्थायी राजधानी बुटवल नै हुने दाबी गरेको छन् ।

शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले राजनितिक दलदेखि स्थानीवासीसम्मा बुटवल नै स्थायी राजधानी होस् भन्ने चाहना रहेको दाबी गरे ।

अर्को प्रसंगमा उनले नेपाल कम्युनिष्ट पार्टीको आयुको गणना सुरु भइसकेको दाबी भने, ‘नेकपाभित्र विगठनको प्रक्रिया सुरु भइसकेको छ, बुटवलमा आएर मैले बोलेँ, के कसरी भन्ने कुरा मार्क्ससिजम पढ्नुहोस् ।’

खाँणले वर्तमान सरकारकै कारण संघीयता धरापमा परको पनि अरोप लगाए । पछिल्लो समयमा सरकारले गर्दै आएको गतिविधि तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति संघीयता विरोधी रहेको उनको दाबी थियो ।