खगेन्द्र संग्रौलाको कडा टिप्पणी: दूध ख्वाएर पालेको सर्पले टोक्यो
काठमाडौं- लेखक खगेन्द्र संग्रौलाले संसद विघटनको घटनालाई लिएर चोटिलो टिप्पणी गरेका छन् ।
लेखक संग्रौलाले पनि प्रतिनिधिसभा भंगबारे कडा टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री ओलीलाई सर्पको संज्ञा दिँदै अहिलेसम्म उनको गलत कदममा पनि एक्सन नालिनेप्रती पनि व्यंग्य गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखका छन्, ‘कुटिल सर्पलाई काखमा राखेर, दूध ख्वाएर, म्वाई खाँदै पोस्दा एक न एक दिन त्यसले टोक्छ टोक्छ। आखिर टोक्यो त ! जानीजानी सर्पलाई पोस्ने महामहिमहरूलाई टोकाइको विष झार्ने जुक्ति पनि त थाहा होला !’
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद् विघटन गराएपछि अहिले चौतर्फी आलोचना भइरहेको छ।