खगेन्द्र संग्रौलालाई गृहमन्त्री खाँणले ‘पदक थाप्ने हो ?’ भन्दै फोन गरेपछि…
काठमाडौं- सर्वत्र सरकारले दिएका पदकहरूको चर्चा भैरहेको छ । संविधान दिवसका अवसरमा सरकारले दिएको पदकलाई लिएर अहिले देशव्यापी बहस नै चलेको छ । कैयौँले त वितरण प्रणाली पारदर्शी नभएको र भागबण्डा भएको भन्दै पदक नै अस्विकार नै गरिसकेका छन् ।
पदक अस्विकार गर्नेमा धेरैजसो पत्रकार छन् । कैयौँले अस्वीकार गरेको खबर आइरहेका बेला नागरिक अभियन्तासमेत रहेका लेखक खगेन्द्र संग्रौलाले आफूलाई पदक दिन गृहमन्त्री आफैले फोन गरेको खुलासा गरेका छन् ।
संग्रौलाले पदक थाप्ने हो भन्दै गृहमन्त्री बालकृष्ण खाँणले सोधेको खुलासा गरेका हुन् । उनले आफूलाई गृहमन्त्री खाँणले पदक थाप्ने हो ? भन्दै फोन गरेको तर आफूले अस्विकार गरेको बताएका छन् । यत्तिको सोध्नु नै आफ्नो भावना र निष्ठाको ठूलो सम्मान हो भनेर खाँणलाई जवाफ फर्काएको संग्रौलाले बताएका छन्।
पदक लिएको भन्ठानेर कतिपयले आफूलाई बधाईसमेत दिएको उल्लेख गर्दै संग्रौलाले पाउनु र झन्डै पाउनुमा ठूलो अन्तर छ भनेर व्यंग्यात्मक प्रतिक्रिया दिएका छन्।
लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गृहमन्त्री खाँणले पदक थाप्ने हो भनेर मलाई सोध्नु भा’थ्यो, मलाई सोध्नु नै मरो भावना र निष्ठाको लाख सम्मान हो खाँणजी’ मैले भनेँ। यसरी मैले झन्डै पाएको पदकबापत आएका बधाईलाई झन्डै बधाई मान्नुपर्ला!’
![](https://fra1.digitaloceanspaces.com/appharuspace/himalpost/uploads/2021/09/khagendra-tw-768x363.png)