संघीयता आवस्यक नभएको प्रमाणित भैसक्यो, खारेज गरौँ: कमल थापा
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संघीयता आवस्यक नभएको बताएका छन् । उनले प्रदेश ५ को घटना र पाँच वर्षे अनुभवले पनि देशमा संघीयता आवस्यक नभएको प्रमाणित भैसकेको बताएका छन् ।
थापाले प्रदेश ५ सभामा मंगलबार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहको ध्वंसात्मक कार्य निन्दनीय भएको बताएका छन्।
यस घटनाका कारणले मात्र नभई संघीयताको ५ वर्षे अनुभवले समेत संघीयता आवश्यक नभएको प्रमाणित भएको उनको टिप्पणी छ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गर्नसमेत माग गरेका छन्।
![](https://himalpost.com/wp-content/uploads/2020/10/kml.png)