संघीयता असफल पार्न सरकार नै लागेको सांसदको आरोप ! - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

संघीयता असफल पार्न सरकार नै लागेको सांसदको आरोप !



काठमाडौं- सांसद हृदेश त्रिपाठीले स्थानीय तहले जथाभावी लगाएको करमाथि पुर्नविचार गर्न माग गरेको छन्।

प्रतिनिधिसभाको विशेष समयमा सांसद त्रिपाठीले स्थानीय तहले जथाभावी कर लगाउँदा नागरिक आतंकित भएकाले यसबारे सरकारले तत्काल ठोस निर्णय गर्नुपर्ने बताए।

संघीयतालाई बद्नाम र असफल बनाउने उद्देश्यले मनलाग्दी कर लगाइएको आशंका गर्दै उनले यसबाट संघीयतालाई मात्र नभइ अरु धेरै राजनीतिक विषयमा असर पर्ने तर्फ नेतृत्वले बेलैमा सोच्नुपर्ने चेतावनी दिए। संसदमा त्रिपाठीले भने, ‘करविरुद्धको आन्दोलन सुरु भइसकको छ। करको विरोधले संघीयता मात्र जाँदैन। अरु धेरै कुरा जान्छ।’

नागरिकमाथि अन्धाधुन्द कर लगाइनु संघीयताको विफलता नभइ कर प्रणाली र प्रशासनको समस्या भएको उल्लेख गरे। ‘स्याङ्जामा ज्योतिषिमाथि पनि कर लगाइयो । हुँदा हुँदा अब कुखुरा, परेवा, र साइकलमाथि पनि कर लगाउने अवस्था छ, उनले संसदमा भने।

देशभर कर विरुद्धको आन्दोलन सुरु भइसकेकाले यसलाई बेलैमा सम्बोधन गर्न आग्रह गरे। सर्वदलीय छलफल वा संसदबाट समस्याको समाधान खोज्न सुझाव दिए।

त्यस्तै राजपाका सांसद महिन्द्रराय यादवले पनि करबारे बेलैमा सोच्न माग गरे। संघीयतालाई असफल बनाउन कर थोपरिएको आरोप लगाए।