संघीयता सरकारलाई बोझ भैसक्यो ! - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

संघीयता सरकारलाई बोझ भैसक्यो !



काठमाडौं – संघीयता कार्यान्वयनका लागि थप आर्थिक सहयोग आवश्यक परेको भन्दै सरकारले विश्व बैंक गुहार्ने भएको छ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

संघीयता कार्यान्वयनका लागि भन्दै सरकारले बहुपक्षीय दातृ निकायका रूपमा रहेको विश्व बैंकसँग नेपाललाई दिँदै आएको आर्थिक सहायता वृद्धि गर्न आग्रह गर्ने भएको हो ।

आर्थिक सहायता वृद्धि गर्ने विषयमा छलफल गर्न अर्थमन्त्री डा. युवराज खतिवडा विश्व बैंकको मुख्यालय अमेरिकाको वासिंटन डीसी पुगेका छन् ।

सन् २०१९ देखि २३ सम्मको पाँचवर्षे विकास साझेदार खाकालाई अन्तिम रूप दिन शुक्रबार राति अमेरिका गएका खतिवडाले विश्व बैंकसमक्ष सहयोग वृद्धिको प्रस्ताव राख्ने एक उच्च अधिकारी बताए । ‘नेपाललाई दिने सहायता वृद्धिका लागि आग्रह गर्न अर्थमन्त्री अमेरिका गएका हुन्’, ती अधिकारीले भने, ‘त्यसलाई विश्व बैंकले सकारात्मक रूपमा लिने अपेक्षा गरेका छौँ।