सानेपामा प्रचण्ड-नेपाल समुहका ३० जनाको भेला - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

सानेपामा प्रचण्ड-नेपाल समुहका ३० जनाको भेला



काठमाडौं- स्थायी कमिटि बैठक स्थगित भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु बैठकको थप तयारीमा जुटेका छन् । बुधबार एक घण्टामात्र बसेर बिहिबार बस्नेगरी स्थगित भएपछि उनीहरू थप तयारीका लागि जुटेको बताइएको छ ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेका प्रचण्ड-नेपाल समूहका नेताहरु सानेपामा बसिरहेको जनाइएको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटीका ३० सदस्य छलफलमा सहभागी छन् ।

बुधबारका बैठकमा सदस्यहरू योगेश भट्टराई, लीलामणि पोखरेल, मातृका यादव, पेशल खतिवडा र एनके प्रसाईंले धारणा राखेका थिए । स्थायी समिति बैठक स्थगित भएपछि बैठकमा उठेका विषय र निकासका विषयमा अब नेकपाका अध्यक्षद्वबीच छलफल हुने पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिएका थिए ।

विहीवार बस्ने स्थायी कमिटी बैठक अगाडि आफ्नो समूहको रणनीति बनाउन छलफलमा जुटेको एक नेताले बताए ।

प्रवक्ताकाअनुसार अध्यक्षहरूबीच छलफल भएपछि आवश्यकता अनुसार सचिवालयको बैठक पनि बस्ने र त्यहाँ छलफल भएर फेरि स्थायी समिति बैठक सुचारु हुने छ ।