क्यानडामा चम्किए सन्दिप लामिछाने, उत्कृष्ट प्रदर्शन - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

क्यानडामा चम्किए सन्दिप लामिछाने, उत्कृष्ट प्रदर्शन



काठमाडौं : पिटर सिडलको ४ विकेट तथा नेपाली युवा स्टार सन्दीप लामिछानेले किफायती बलिङ गर्दै १ विकेट लिएपछि मोन्ट्रेल टाइगर्स ग्लोबल टी-२० क्यानडामा पहिलो जित हासिल गरेको छ।

बुधवार भएको खेलमा मोन्ट्रेललले १२९ रन डिफेण्ड गर्दै एडमोन्टनलाई १५ रनले हरायो। लगातार ३ हारपछि उसको यो पहिलो जित हो।

पहिलो ओभरमै मेडन राख्दै आन्द्रे फ्लेचरको विकेट लिएर उत्कृष्ट सुरुवात गरेका थिए। त्यसपछि बाँकी ३ ओभरमा उनले १६ रन खर्चे। ४ ओभरमा १४ बल डट फ्याँकेका सन्दीपले २ चौका मात्र दिएका थिए।

मोन्ट्रेलका बलरहरुले उत्कृष्ट बलिङ गरेपछि १३० रनको लक्ष्य पछ्याएको एडमोन्टल रोएल्स ५ बल अगावै ११४ रनमा अलआउट भयो। उसका लागि पटर सिडलले ३.१ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए।

यस्तै सन्दीपले ४ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर १ विकेट लिए। लासिथ मालिंगा र केभिन कुपरले समान २ विकेट लिए।

एडमोन्टनका लागि ल्युक रोन्चीले ३० तथा साइङ्गन अनवरले २४ रन बनाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सन्दीपको टोली मोन्ट्रेलले २० ओभरमा ६ विके६ गुमाएर १२९ रन बनाएको थियो। उसका लागि मोएसिस अनरिकेले ५० तथा सिकन्दर राजाले २० रन जो८। नजिव जद्रान २२ रनमा नटआउट रहे। ३० रन बनाउदा ३ विकेट गुमाएको मोन्ट्रेलका लागि अनरिके राजाले चौथो विकेटका लागि ५२ रनको साझेदारी गरे।

बलिङमा एडमोन्टेनका वायने पार्नेलले ३ विकेट लिए।

अब मोन्ट्रेल टाइगर्सले लिग चरणमा टोरोन्टो नेशनल्ससँग खेल्न बाँकी छ।