सन्दीपले लिए हैदरावादको महत्वपुर्ण विकेट - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सन्दीपले लिए हैदरावादको महत्वपुर्ण विकेट



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल भईरहेको छ ।

फिरोज कोट्ला स्टेडियममा दिल्लीले दिएको १३० रनको लक्ष्यसहित हैदरावादले जवाफी ब्याटिङ गरिरहेको छ ।

दिल्लीमा रहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो चौंथो ओभरमा विकेट लिएका छन् । सन्दीपले चौंथो ओभरको अन्तिम बलमा विकेट लिएका हुन् ।

यसअघि सन्दीपले तेस्रो ओभरमा मात्र ५ रन खर्चिए । सन्दीपले दोस्रो ओभरमा १३ रन खर्चिएका थिए । सन्दीपले दोस्रो ओभरमा एक चौका र एक छक्का भेटेका थिए ।

सन्दीपले पहिलो ओभरमा भने ६ रन खर्चिएका थिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १२९ रन बनाएको थियो ।