सन्दीपको टिमको भाग्य र भविष्य जोडिएको आजको खेल - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

सन्दीपको टिमको भाग्य र भविष्य जोडिएको आजको खेल



एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा किंग्स इलाभेन पन्जाव र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्ध हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ देखी पन्जावको घरेलु मैदान चण्डीगढमा सुरु हुने छ । दुबै टोली दोस्रो जितको खोजिमा छन् ।

पहिलो खेलमा पन्जावले राजस्थान रोयल्सलाई १४ रनले हराउँदा दोस्रो खेलमा कोलकता नाइट राइडर्ससँग २८ रनले पराजित भएको थियो । मुम्बई दोस्रो जितको खोजिमा हुने छ । पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ३७ रनले पराजित भएको मुम्बईले दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ रनले हराउँदै पहिलो जित हात पारेको थियो ।

त्यस्तै आज हुने अर्को खेलमा सन्दीपको टिम दिल्लीले कोलकता नाइट राइडर्ससँग खेल्ने छ । खेल बेलुका ८:१५ बजेपछि फिरोज शाह कोटला दिल्लीमा सुरु हुने छ । कोलकता लगातार तेस्रो जितको खोजिमा छ । कोलकताले यस अघि पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले हराउँदा दोस्रो खेलमा पन्जावलाई २८ रनले पराजित गरेको थियो ।

त्यस्तै दिल्ली दोस्रो जितको खोजिमा हुने छ । पहिलो खेलमा मुम्बईमाथि ३७ रनको सनसनीपूर्ण जित निकालेको दिल्ली दोस्रो खेलमा भने चेन्नई सुपरकिंग्ससँग ६ विकेटले पराजित भएको थियो । सुरुवाती दुई खेलमा सन्दीपलाई बेन्चमा राखेको दिल्लीको चौतर्फी आलोचना भई रहेको छ । आजको खेलमा सन्दीपले मौका पाउन सक्ने संभावना छ ।