टाटा मोटर्सको ब्राण्ड एम्बेसडर बने सन्दिप लामिछाने - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

टाटा मोटर्सको ब्राण्ड एम्बेसडर बने सन्दिप लामिछाने



काठमाडौं– नेपाल राष्ट्रिय टोलीका चर्चित स्पिनर सन्दीप लामिछाने र टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गबीच तीन वर्षको सहकार्य भएको छ।

काठमाडौंको सोल्टी होटेलमा सम्पन्न एक कार्यक्रमबीच सिप्रदी मोटर्सका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र सन्दीपले सहकार्य पत्रमा हस्ताक्षर गरे। तीन वर्षको सहकार्यका लागि सिप्रदीले सन्दीपलाई टाटा टिगोर प्रदान गर्यो । यसको बजार मूल्य २४ लाख ९५ हजार बारबार रहेको छ। सहकार्य अनुसार सन्दीपले सिप्रदीलाई प्रबर्धनमा मद्दत गर्नेछन।

कार्यक्रममा बोल्दै राजन बाबु श्रेष्ठले टिघोर एक स्टाइलिस गाडी रहेको र सन्दीप पनि एक स्टाइलिस खेलाडी भएकाले यो सहकार्य अर्थपूर्ण रहेको बताए । त्यस्तै सन्दीपले पनि सिप्रदी एक प्रशिद्ध ब्राण्ड भएको र नेपाली क्रिकेटलाई पहिलैदेखि साथ दिँदै आएकोले सिप्रदीसँग जोडिन पाउँदा खुशी व्यक्त गरे।

सिप्रदीले यसअघि नेपाली क्रिकेट टोलीका सदस्य आरिफ शेख र सुनिल धमलासँग पनि सहकार्य गरेको थियो।