सन्दिप लामिछानेको दिल्लीमा चौतर्फी तारिफ ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सन्दिप लामिछानेको दिल्लीमा चौतर्फी तारिफ !



सन्दीप लामिछाने एक उत्कृष्ट खेलाडी हुन् । मैले सन्दीपलाई अस्ट्रेलियामा पनि भेटेको थिएँ । नेपालको एक युवा खेलाडीले विश्वका सबैजसो ठूला प्रतियोगितामा खेल्न पाउनु ठूलो हो । मलाई थाहा छ, नेपालमा उनी सबै युवाको प्रेरणा बनेका छन् ।

उनले आफ्नो पुस्ताका लागि मात्र होइन, आउने पुस्ताका लागि पनि ठूलो आशा जगाएका छन् । त्यो ठूलै सकारात्मक पाटो हो । त्यो सुन्दा मलाई पनि निकै खुसी लागेको छ ।

उनको खेलको कुरा गर्ने हो भने उनी दिन प्रतिदिन तिखारिँदै गएका छन् । उनमा धेरै क्षमता छ । बिगबासमा पनि उनले निकै राम्रो प्रर्दशन गरेका थिए । दिल्लीका लागि पनि उनले उत्कृष्ट खेल दिनेछन् भन्नेमा मलाई विश्वास छ ।

अभ्यास म्याचमा पनि उनले निकै राम्रो बलिङ गरे । समयक्रममा उनको खेल बढी माझिँदै जानेछ भन्नेमा म ढुक्क छु ।