पाकिस्तानमा सन्दीपले मच्चाए सनसनी : ४ ओभरमा ४ विकेट - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

पाकिस्तानमा सन्दीपले मच्चाए सनसनी : ४ ओभरमा ४ विकेट



काठमाडौं- पाकिस्तान सुपर लिग-पीएसएल क्रिकेटमा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शनलाई कायम राखेका छन्। उनको टोली लाहोर क्वालान्डर्स अहिले क्वेटा ग्लाडियटर्ससँग भिडिरहेको छ।। क्वेटाले १० ओभरमा ५ विकेट गुमाएर ५७ रन जोडेको छ।

सन्दीपले ४ विकेट लिए। उनले सेन वाट्सन, उमर अकमल, रिली रोस्सु र डेनिस अजिजको विकेट लिए। चौथो ओभरमा बलिङमा ल्याईएका सन्दीपले त्यस ओभरको चौथो बलमा सेन वाट्सनलाई एलबिडब्लु धरापमा पारे। तेस्रो ओभरमा अनुभवी स्पीनर यासिर शाहले २० रन खर्चिएपछि सन्दीपलाई लगत्तै ल्याईएको थियो। वाट्सनको विकेटसँगै पहिलो विकेटका लागि ३३ रनको साझेदारी भएको थियो।

सन्दीपले छैटौँ ओभरको पहिलो बलमा रिली रोस्सुलाई आउट गरे। त्यही ओभरको अन्तिम बलमा उनले उमर अकमललाई आउट गरे। उनले आठौँ ओभरको तेस्रो बलमा अजिजलाई आउट गरेका हुन्। प्रतियोगितामा सन्दीप तेस्रो खेल खेलिरहेका छन्। पहिलो खेलमा तीन विकेट लिएका सन्दीपले अघिल्लो खेलमा एक विकेट हात पारेका थिए। सन्दीपले ४ ओभरमा १० रन खर्चिएर ४ विकेट हात पारेका हुन्।