सन्दीपले किने बिएमडब्लु बाइक - मूल्य कति ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सन्दीपले किने बिएमडब्लु बाइक – मूल्य कति ?



काठमाडौं- भर्खरै आइपिएल खेलेर नेपाल फर्केका युवा खेलाडी सन्दीप लामिछानेले बाइक किनेर सामाजिक संजालमा राखेको फोटोले समर्थकहरूको ध्यान केन्द्रित गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मंगलबार १० लाख रुपैयाँ पर्र्नेे स्पोर्ट्स बाईक किनेका छन् । भारतमा आइतबार सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर भर्खर स्वदेश फर्किएका सन्दीपले बिएमडब्लु ब्राण्डको जी ३१० मोडलको महंगो बाइक किनेका हुन् ।

सन्दीपले सामाजिक संजाल इन्स्ट्राग्राममा बाइकसँगको तस्विर पोस्ट् गर्दै आफ्नो परिवारमा नयाँ सदस्य थपिएको उल्लेख गरेका छन् । सन्दीपले आइपीएलमा दिल्ली क्यापटिल्सबाट खेलेका थिए । उनले दिल्लीमा ५५ लाख रुपैयाँ पारिश्रमिक पाएको बताइएको छ ।