कति कमाउँछन स्टार क्रिकेटर सन्दिप लामिछाने ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कति कमाउँछन स्टार क्रिकेटर सन्दिप लामिछाने ?



अघिल्लो वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल)को ११औं संस्करणबाट अन्तर्राष्ट्रिय टि–२० फ्रेन्चाइजीमा पाइला राखेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानले यही मार्चको अन्तिम साताबाट पुनः आईपीएल १२औं संस्करण खेल्दैछन्।

यो एक वर्ष अवधिमा नेपालका एक मात्र ग्लोबल टी–२० ‘आइकन’ सन्दीपले आइपिएलसहित सातवटा विदेशी लिग खेले। जसबाट उनले २ करोड ५० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक बुझेका छन्। नेपालमा प्रायोजकहरूबाट उनले योबाहेक छुट्टै पारिश्रमिक पाएका छन्।

कहाँबाट कति कमाइ:

१. आइपीएल
२०१८ को जनवरी अन्तिममा सन्दीपलाई आइपिएलको अक्सनबाट दिल्ली डेयरडेभिल्स (हाल दिल्ली क्यापिटल) उनको आधार मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गर्दै कुनै पनि अन्तर्राष्ट्रिय लिग खेल्ने पहिलो नेपाली खेलाडी बनायो।

दिल्लीले आफ्ना सुरुवाती ११ खेलमा सन्दीपलाई बेञ्चमै राखेको थियो। त्यतिञ्जेलसम्म दिल्लीको प्लेअफ सम्भावना सकिनुका साथै लगातारको हारपछि उसका कप्तान गौतम गम्भीरले पनि राजिनामा दिएका थिए।
युवा खेलाडी श्रेयस ऐय्यरको कप्तानी गरेको १२ औं खेलमा सन्दीपले मौका पाए। विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध ४ ओभरमा २५ रन खर्चदै सन्दीपले पार्थिव पटेलको विकेट लिएका थिए।
त्यसपछि सन्दीपले अन्तिम दुई खेल पनि खेले। महेन्द्रसिंह धोनीको चेन्नाई सुपरकिंग्सविरुद्धको खेलमा सन्दीपले अझै कसिलो बलिङ गरे। सो खेलको ४ ओभरमा २१ रनमात्रै खर्चेर सन्दीपले सुरेश रैनाको विकेट लिएका थिए।

मुम्बई इण्डियन्सविरुद्धको अन्तिम खेलमा सन्दीप चम्किए। उक्त खेलमा सन्दीपले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। सन्दीपले सूर्यकुमार यादव, किरण पोलार्ड र कुन्रल पाण्ड्याको विकेट लिएका थिए। समग्रमा आइपिएलको ३ खेलबाट ५ विकेट लिएका सन्दीपले त्यसपछि भने विभिन्न अन्तर्राष्ट्रिय टि–२० का लागि विश्व भ्रमण गरे।

२. क्यारिबियन प्रिमियर लिग
२०१८ मार्चमा सन्दीपलाई वेस्ट इण्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) टोली सेन्ट् किट्स एण्ड नोभिस प्याट्रियोट्सले ५ हजार डलरमा अनुबन्ध ग¥यो। सीपीएलमा ५ खेल खेलेका सन्दीपले ७ विकेट लिए। सेन्ट किट्स एण्ड नोभिसमा टोलीमा उनी सबैभन्दा कम खर्चिला बलर बनेका थिए। उनको इकोनोमी ६.२३ थियो।

३. ग्लोबल टि–२० क्यानडा
गतवर्ष भएको ग्लोबल टि–२० क्यानडाको उद्घाटन संस्करणमा सन्दीपले मोन्टोरियल टाइगर्सबाट खेले। ४० हजार अमेरिकी डलर तिरेको टोलीका लागि सन्दीपले ५ खेल खेल्दै ८ विकेट हात पारे।

४. अफगानिस्तान प्रिमियर लिग
अफगानिस्तान प्रिमियर लिगमा सन्दीपले नाग्राहर लियोपार्डबाट एक खेल मात्रै खेले। उक्त खेलमा दुई विकेट लिएका सन्दीपलाई टोलीले ड्राफ्टमार्फत १५ हजार अमेरिकी डलर ति¥यो।

५. युएईको टी–१० लिग
यूएईमा भएको टि–१० लिगमा सन्दीपले केरला नाइट्सबाट ६ खेल खेल्दै ६ विकेट लिएका थिए। केरलाले सन्दीपलाई ३५ हजार अमेरिकी डलर ति¥यो।

६. अस्ट्रेलियाका बिगबास लिग
फाइनलिस्ट टोली मेलबर्न स्टार्सबाट अस्ट्रेलियाको बिगबास लिग खेलेका सन्दीपले ८ खेल खेल्दै ११ विकेट लिए। अन्तर्राष्ट्रिय फ्रेन्चाइजी क्रिकेटमा सन्दीपले बिगबासबाट मात्र फाइनल खेलेका हुन्। त्यसका लागि टोलीले उनलाई ६० हजार अस्ट्रेलियन डलर तिर्यो।

७. बंगलादेश प्रिमियर लिग
सम्झौताअनुसार बिगबास लिगका सुरुवाती चार खेल खेलेर बंगलादेश प्रिमियर लिग खेल्न आएका सन्दीपको प्रदर्शन यो लिगमा भने खासै गतिलो भएन। सिल्हेट सिक्सर्सबाट ६ खेलमा सन्दीपले ४ विकेट मात्रै लिए। यसमा उनले पाएको पारिश्रमिक खुलाइएको छैन।

८. पाकिस्तानी सुपर लिग
पाकिस्तानी सुपर लिगमा सन्दीपलाई गोल्ड क्याटागोरीबाट लाहोर कलन्दर्शले टोलीसँग अनुबन्ध ग¥यो। उक्त क्याटागोरीका खेलाडीको पारिश्रमिक ५० हजार देखि ७० हजार अमेरिकी डलरसम्म हुन्छ। सन्दीपले लाहोरबाट ७ खेल खेल्दै ११ विकेट लिएका थिए।

घुम्दैफिर्दै फेरि आइपीएल
१२ औं संस्करणको आइपीएल आगामी मार्च २३ देखी सुरु हुदैँछ। यस संस्करणमा पनि दिल्लीले सन्दीपलाई रिटेन गरेको छ। गत संस्करणमा सन्दीप र दिल्लीबीच तीन वर्षे सम्झौता भएको छ। सो सम्झौताअनुसार यो संस्करणका लागि पनि उनको पारिश्रमिक एक वर्ष अघिकै २० लाख भारतीय रुपैयाँ हुनेछ।

यो बाहेक उनी सानिमा बैंक, एनसेल, सिप्रदी ट्रेडिङ, जेभियर कलेज, को बन्छ करोडपति (नेपाल संस्करण)को ब्रान्ड एम्बेस्डर हुन्। यी कम्पनीहरुबाट उनले पाउने रकम छुट्टै रहेको छ।