सन्दीपको खेल भोलि, यस्तो छ तयारी - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

सन्दीपको खेल भोलि, यस्तो छ तयारी



नेपाली युवा सन्दीप लामिछाने सम्मिलित सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा (शुक्रबार)बिहान पहिलो खेल खेल्दैछ।

हिजोदेखि सुरू भएको प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा सन्दीपको टिम प्याट्रियट्सले गुयाना अमेजन वारीवर्ससँग पहिलो खेल खेल्न लागेको हो।

खेल प्रोभिडेन्स क्रिकेट एडमा नेपाली समयअनुसार शुक्रबार बिहान ३:४५ बजे सुरू हुने भएको छ।

नेपाली युवा सन्दीपलाई प्याट्रियट्सले लन्डनमा भएको अक्सनबाट ५ हजार अमेरिकी डलरमा खरिद गरेको थियो।

युरोप भ्रमणमा रहेको नेपाली टोलीका सदस्य सन्दिप सिपीएलको लागि नेदरल्याण्डबाटै वेष्ट इण्डिज गएका थिए।

सीपीएलकै दौरान सन्दीप आगामी अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने एसिया कप छनोट खेल्न आउनेछन्।

६ खेलपछि मलेसिया आउने सन्दिप आफ्नो टोली प्ले अफ पुगेमा उनी फेरि मलेसियाबाट क्यारेबियन लाग्नेछन्।

इन्डियन प्रिमियर लिगमा (आईपीएल)को ११ औं संस्करणमा दिल्ली डेयरडेभिल्सबाटखेल्दै ३ खेलमा ५ विकेट लिएका सन्दीपले विश्व एघारबाटसमेत खेलेका थिए। यस्तै अघिल्लो महिना ग्लोबल टी २० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाटसमेत खेलेका थिए।