आइपिएलमा आज चेन्नई सुपर किंग्स बिरुद्ध सन्दीपले कमाल गर्ने ! - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

आइपिएलमा आज चेन्नई सुपर किंग्स बिरुद्ध सन्दीपले कमाल गर्ने !



इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार नेपाली बलर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स भिड्दैछन्।

खेल दिल्लीमा नेपाली समय अनुसार बेलुकी सवा ८ बजे हुनेछ । जारी संस्करणमा दोस्रो खेल खेल्न लागेका दुवै टिमले आफ्नो पहिलो खेल जितेका थिए। पहिलो खेलमा दिल्लीले मुम्बइ इण्डियन्सलाई ३७ रन र चेन्नाइले रोयल च्यालेन्जर्स बेङ्लोरलाई ७ विकेटले हराएका थिए।

पहिलो खेलमा बेञ्चमै बसेका सन्दीप मंगलबारको खेलमा पनि टिममा पर्ने नपर्ने\टुंगो छैन। यसैबीच सोमबार राति भएको खेलमा किंग्स इलाभेन पञ्जावले राजस्थान रोयल्सलाई १४ रनले हराउँदै प्रतियोगितामा विजय सुरुवात गरेको छ।