सन्दीपले भने- दिल्लीलाई जिताउन जाँदैछु ! - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

सन्दीपले भने- दिल्लीलाई जिताउन जाँदैछु !



नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अघिल्लो संस्करणको तुलनामा आफ्नो टोली बलियो भएको भन्दै दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जित्नसक्ने बताएका छन्।

आगामी मार्च २३ देखि सुरू हुने १२ औं संस्करणको आईपीएल खेल्न दिल्ली जानुअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले आफ्नो टोली बलियो रहेको र टोलीबाट उपाधि जित्ने लक्ष्य रहेको बताए। तर उनले बलियो टोली हुँदैमा प्रतियोगिता जित्ने भन्दा पनि एकै किसिमको प्रदर्शनले नतिजा हात पर्ने बताए। सन्दीप भोलि ३ महिनासम्म चल्ने प्रतियोगिताका लागि दिल्ली प्रस्थान गर्नेछन् ।

सन्दीपले नेपाललाई गर्व गर्न लायक बनाउन आफू लागिपरेको भन्दै यो सिजन आफूलाई थप जिम्मेवारी थपिएको उनले जानकारी गराए।

सन्दीपलाई दिल्लीले अघिल्लो सिजनकै मूल्यमा रिटेन गरेको उनले स्पष्ट पारे। गत सिजन सन्दीपलाई दिल्लीले २० लाख भारूमा अनुबन्ध गरेको थियो ।